खेल

कप्तान इन्दु भन्छिन्ः पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिनुहोला

नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिन आग्रह गरेकी छिन्।

उनले नेपाली महिला क्रिकेट टीमले पनि धेरै मिहिनेत र देशको नाम क्रिकेटबाट चिनाउनलाई सक्दो प्रयास गरिरहेको भन्दै पुरुष क्रिकेट झैँ साथ र समर्थन गरिदिन आग्रह गरिन्।

कप्तान इन्दुले भनिन्, ‘नेपाली महिला क्रिकेट टीमले राम्रो गर्ने प्रयास गरिरहेको छ। जसरी तपाईंहरूले पुरुष विधाका खेलहरूमा पुरुष क्रिकेट टीमलाई माया गरिदिनुभयो र गर्नुहुन्छ हामीलाई पनि त्यसरी नै माया गरिदिनुहोला।’

जुन उत्साहका साथ विश्वकप हेर्नुभयो त्यसरी नै वुमन्स एसिया कप हेरिदिन आग्रह गर्दै उनले भनिन्, ‘एकदिन नेपाली महिला क्रिकेट टीमले राम्रो नतिजा ल्याउनेमा विश्वास पनि गर्नुहोला र निराश नभईदिनुहोला।’

प्रकाशित: १७ असार २०८१ ०८:०६ सोमबार

#nepal womens cricket #indu barma #mens cricket