खेल

नेपालले फोर नेसन्स कप नखेल्ने

अर्को महिना लेबनानमा हुने भनिएको फोर नेसन्स कप फुटबल प्रतियोगिता नेपालले नखेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईकाअनुसारलेबनान सुरक्षाको दृष्टिकोणले असुरक्षित रहेका कारण नेपालले प्रतियोगितामा सहभागिता नजनाउने भएको हो।

‘अहिले लेबनानमा टोली पठाउन सुरक्षित देखिएन। युद्धलगायत अन्य कारण देखाउँदै जोर्डन र बंगलादेशले पनि नाम फिर्ता लिने भएपछि हामीले पनि सहभागिता नजनाउने भएका हौं,’ उनले भने।

आयोजक लेबाननले मंगलबार नै प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिसकेको थियो। जसअनुसार नेपालले पहिलो खेल असार २६ गते जोर्डनसँग खेल्ने तय थियो। त्यसपछि असार २९ गते बंगलादेश र साउन १ गते घरेलु टोली लेबनानसँग खेल्ने तालिका थियो।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार २२ सदस्यीय टोलीको घोषणा गरेका गरेका थिए। राईका अनुसार नेपालले अन्य टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ। 

प्रकाशित: १५ असार २०८१ ११:३८ शनिबार

#Four Nations Cup Soccer #All Nepal Football Association