खेल

सेमिफाइनल समीकरण पूरा

प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी प्रतियोगितामा पुरुषतर्फ समूह ‘ए’ बाट सुदूरपश्चिम र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन्। सुदूरपश्चिम यो समूहमा अपराजित रह्यो। सुदूरपश्चिमले मधेस, कर्णाली र बागमतीलाई पराजित गर्‍यो। बागमती समूह उपविजेता रह्यो।

समूहचरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिमसँग बागमती ३–० को सोझो सेटमा पराजित भयो। अर्को समूहबाट लुम्बिनी र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। यो समूहबाट कोसी बाहिरियो। फाइनल प्रवेशका लागि सुदूरपश्चिम र गण्डकी भिड्नेछन्। अर्को सेमिफाइनलमा बागमती र लुम्बिनी भिड्नेछन्। महिलातर्फ लुम्बिनी अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’ मा लुम्बिनीले कोसी, कर्णाली र मधेसलाई पराजित गर्‍यो। यो समूहमा दुई जित हासिल गरेको कोसी उपविजेता बन्यो। अर्को समूहबाट बागमती विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै सेमिफाइनल पुगे। फाइनल प्रवेशका लागि लुम्बिनीले गण्डकी र बागमतीले कोसीको सामना गर्नेछन्।

प्रकाशित: १४ असार २०८१ ०८:४९ शुक्रबार

#First Sahana Pradhan Memorial U-19 Men's and Women's Volleyball Tournament #Complete the semi-final equation