खेल

एसिया कप वुमन्सः नेपालको पहिलो प्रतिद्वन्द्वी युएई

एसिया कप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा युएईसँग भिड्ने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार नेपाल र युएईबीचको खेल १९ जुलाईमा हुनेछ।

आगामी महिना श्रीलङ्कामा आयोजना हुने एसिसी महिला एसिया कपको उद्घाटन खेलमा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी युएईलाई पाएको हो। नेपाल र युएईबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानविरुद्ध थियो। उक्त तालिकालाई परिवर्तन गरिएको हो।

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीमा पूर्व कप्तान रुबिना क्षेत्री, सिता रानामगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार, लक्ष्मी साउद, अलिसा खडिया, अप्सारी बेगम र अस्मिना कर्माचार्य रहेका छन्।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने समूहचरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।

समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्।

यस्तो छ खेल तालिकाः

प्रकाशित: १२ असार २०८१ १०:२९ बुधबार

#Nepal #acc womens cup #asia cup cricket