खेल

रोमाञ्चक मोडमा अफगानिस्तान र बङ्गलादेश बीचको खेल, को पुग्छ सेमिफाइनलमा?

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत जारी अफगानिस्तान र बङ्गलादेश बीचको खेल रोमाञ्चक मोडमा पुगेको छ।

पटकपटक वर्षाका कारण प्रभावित हुँदै आएको खेल डिएलएस नियमको आधारमा बङ्गलादेशका लागि २० ओभरबाट १९ ओभरमा सिमित गरिएको खेलमा ११४ रनको टार्गेट तय गरिएको छ।

आजको खेलमा बङ्गलादेशले जित हात पारे अस्ट्रेलियासँगको नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने वा नपुग्ने निर्णय गरिने छ।तर, अफगानिस्तानले जित हात पारे उ सेमिफाइनलमा पुग्नेछ।

प्रकाशित: ११ असार २०८१ १०:३९ मंगलबार