खेल

सङ्घर्षपूर्ण खेलमा वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको जित

आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ।

सर विवियन रिचर्ड्स स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले हराउँदै दक्षिण अफ्रिकाले जित हासिल गरेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्जिडले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन बनायो। १३६ रनको लक्ष्यसहित मैदान उत्रेको दक्षिण अफ्रिकाले ब्याटिङ्ग गर्ने क्रममा वर्षा भएपछि निर्धारित २० ओभरको खेल घटाएर १७ ओभरमा सिमित गरियो भने जितको लक्ष्य १२३ तोकियो।

दक्षिण अफ्रिकाको जितका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रन जोडे भने हेनरिक क्लासेनले २२ रनको पारी खेले। मार्को जेनसन २१ रनमा नट आउट रहँदा कागिसो रबाडाले नट आउट रहँदै ५ रन जोडे।

दक्षिण अफ्रिकालाई जितबाट रोक्नका लागि रोस्टन चेजले सर्वाधिक ३ विकेट लिए भने आन्द्रे रसेल र अलजारी जोसेफले समान २/२ विकेट हात पारे। तर, त्यो काम लागेन।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ५२ रनको पारी खेल्दा काइली मायर्सले ३५ रन जोडे। आन्द्रे रसेलले १५ र अलजारी होसेनले ११ रनको पारी खेले। अन्य कुनैपनि खेलाडी दक्षिण अफ्रिकाका बलरसमक्ष धेरै बेर टिक्न सकेनन्।

दक्षिण अफ्रिकाका लागि तबरेज सम्सिले सर्वाधिक ३ विकेट लिए भने कागिसो रबाडा, मार्को जेनसन, एडन मार्करम र केशव महाराजले १/१ विकेट लिए।

प्रकाशित: १० असार २०८१ १०:५० सोमबार

#south africa #t_20worldcup #west_indies