खेल

अफगानिस्तानद्वारा अस्ट्रेलियासमक्ष १४९ रनको लक्ष्य

आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेल अन्तर्गत अफगानिस्तानले अस्ट्रेलियासमक्ष १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एर्नोस भेले ग्राउन्डमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अफगानिस्तानले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनाएको छ।

अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरवाजले सर्वाधिक ६० रन जोडे भने इब्राहिम जरदानले ५१ रन जोडे। अन्य कुनैपनि खेलाडीले खासै रन जोड्न नसकेपछि अस्ट्रेलियाले जितका लागि मध्यम रन स्कोर पाएको हो।

प्रकाशित: ९ असार २०८१ ०७:५७ आइतबार

#T20 World Cup #afgansitan #austrelia