खेल

दोस्रो महिला हाफ म्याराथन उपाधि पछाईलाई

दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन्। सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित प्रतियोगिताको निर्धारित २१.०९८ किमीको दूरी एक घण्टा १९ मिनेटमा पूरा गर्दै उनी उपाधि जित्न सफल भएकी हुन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भूबाट सुरु भई बालाजु चोक, नयाँ बसपार्क, वसुन्धारा, महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, सहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै पुनः प्रधान कार्यालय पुगेर म्याराथन समापन भएको थियो। उपाधिसँगै पछाईले एक लाख रूपैयाँ प्राप्त गरिन्। 

नेपाल पुलिसकै राममाया बुढा दोस्रो भइन्। उनले निर्धारित दूरी एक घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गरिन्। उनले ७५ हजार रूपैयाँमा चित्त बुझाइन्। एपिएफ क्लबकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै ५० हजार रूपैयाँ जितिन्। एपिएफकै आशा राउत चौथो, त्रिभुवन आर्मी क्लबकी सृजना पाण्डे पाँचौं हुँदा सोलुखुम्बुकी सुसन कार्की छैटौं भइन्। 

प्रकाशित: ९ असार २०८१ ०७:३५ आइतबार

#Nepal Police Club #2nd Women's Half Marathon #Armed Police Family Women's Association #Rajpura pachhai