खेल

बङ्गलादेशद्वारा अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सर विभियन रिचर्ड्स स्टेडियममा जारी सुपर ८ को खेल अन्तर्गता टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेशले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १४० रन बनाएको छ।

बङ्गलादेशका लागि कप्तान नजमुल होसेन सान्टोले ४१ रन जोड्दा तोहिद हृदयोयले ४० रनको पारी खेले। त्यसबाहेक अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

बङ्गलादेशलाई विशाल रन जोड्नबाट रोक्न अस्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए भने एडम जाम्पाले २ विकेट लिए। ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान १/१ विकेट हात पारे।

प्रकाशित: ७ असार २०८१ ०८:१८ शुक्रबार

#T20 World Cup #Bangladesh #australia