खेल

नेपालका क्याप्टेन रोहित १ रनमा आउट

नेपालका कयाप्टेन रोहित पौडेल आउट भएका छन्। योसँगै नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ। रोहित १ रन बनाएर आउट भएका छन्।

बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेल, दोस्रो विकेटको रुपमा अनिल साह र तेस्रो विकेटको रुपमा रोहितलाई गुमाएको हो।

कुशल, अनिल र रोहितलाई बङ्गलादेशका तान्जिम हसनले आउट गरेका हुन्।

प्रकाशित: ३ असार २०८१ ०७:२९ सोमबार