खेल

नेपालको प्लेइङ्ग ११ मा परिवर्तन, करण बेन्चमा हुँदा जोरालाई स्थान

आईसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपाल र बङ्गलादेशबीचको खेल जारी छ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित एर्नोेस भेले रङ्गशालामा जारी खेलमा नेपालले आज आफ्नो प्लेइङ्ग ११ मा परिवर्तन गरेको छ।

नेपालले आज करण केसीको स्थानमा सन्दीप जोरालाई स्थान दिएको छ।

अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर, बङ्गलादेशका लागि भने निकै महत्त्वपूर्ण मानिएको छ।आजको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ। नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रकाशित: ३ असार २०८१ ०५:३५ सोमबार

#T20 World Cup