खेल

आइसिसी टी २० : पाकिस्तानले आयरल्यान्डलाई हरायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई हराएको छ।आइतबार राती सम्पन्न खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटबाट हराएको हो।

यस अघि टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो।

जवाफमा पाकिस्तानले ७ बल अगाडिनै ७ विकेटको नोक्सानीमा विजयी लक्ष्य पुरा गर्यो। 

प्रकाशित: ३ असार २०८१ ००:०० सोमबार

#Pakistan #Ireland #T20 World Cup