खेल

राष्ट्रिय खुला अप-हिल रन असार ८ मा

नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अप–हिल केडिसी रन असार ८ गते हुने भएको छ। दौड २१ किलोमिटर दूरीको हुने पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिका सदस्यसमेत रहेका आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी गराए।

 प्रतियोगितामा दुई सय बढी प्रतिस्पर्धी सहभागी हुने बताइएको छ। शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रूपैयाँ पुरस्कार हात पार्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए।

दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भई दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरिको मच्छेगाउँ, प्वाइन्टको व्यवस्था गरिएको छ। ६५ स्वयंसेवक र आठ वटा बाइक परिचालन गरिनेछ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा सात सदस्यीय दौड सञ्चालन समिति गठन गरिएको छ। महासंघका सदस्य बाबुराजा श्रेष्ठलाई रेस डाइरेक्टरको जिम्मेवारी दिइएको छ। दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

प्रकाशित: २ असार २०८१ ०८:०५ आइतबार

#Nepal Adventure Running Federation #Up-hill-KDC-Run