खेल

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट

आइसिसी टी २० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा जारी नेपाल र दक्षिण अफ्रिकाबिचको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

नेपालले कुशल भुर्तेललाई गुमाएको हो। उनले २१ बलमा १३ रन बनाएर आउट भए। यस क्रममा उनले एक छक्का र एक चौका प्रहार गरे।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो।

प्रकाशित: १ असार २०८१ ०७:३४ शनिबार