खेल

अमेरिका र आयरल्यान्डबिचको खेल वर्षाले प्रभावित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत आयोजक अमेरिका र आयरल्यान्डविचको खेलमा टस हुन सकेको छैन। अमेरिकाको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार ८ः१५ बजेबाट हुनु पर्ने यी दुईबिचको खेल पानी परेर पिच सुख्खा नभएका कारण टसमा ढिलाई हुने भएको छ ।

अमेरिका तीन खेलबाट चार अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ भने आयरल्यान्ड दुई खेलबाट हारसहित पुछारमा छ। पाकिस्तान तीन खेलबाट एक जितसहित तेस्रो स्थानमा छ भने भारत तीन खेलमा सबै जितका साथ समूहको शीर्ष स्थान ओगट्दै सुपर ८ मा पुगिसकेको छ । यदि आजको खेल हुन सकेन भने अमेरिका  सुपर आठ चरणमा पुग्नेछ ।  

आयरल्यान्डः पल स्टर्लिङ (कप्तान), मार्क अडायर, रस एडेयर, एन्ड्रयू बालबर्नी, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डकरेल, ग्राहम ह्युम, जोस लिटल, ब्यारी म्याकार्थी, नील रक, ह्यारी टेक्टर, लोर्कन टकर, बेन ह्वाइट, क्रेग यंग।

अमेरिकाः मोनांक पटेल (कप्तान), आरोन जोन्स, एन्ड्रिज गौस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेथ्रालवाकर, शाडले भान शाल्कविक, स्टीवन टेलर, शायन जहाँगीर । रिजर्भ खेलाडीस् गजानन्द सिंह, जुआनोय ड्रिसडेल, यासिर मोहम्मद।

प्रकाशित: ३२ जेष्ठ २०८१ २०:५४ शुक्रबार

#USA #Ireland #T20 World Cup