खेल

नामिबियाको कमजोर प्रदर्शन, अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

समूह ‘बी’ अन्तर्गत भएको खेलमा टस हिारेर पहिला ब्याटिङ्ग गर्न आएको नामिबियाले निर्धारित ओभरको १७ ओभर खेल्दै सबै विकेट गुमाएर जम्म ७२ रन मात्रै बनाउन सक्यो।

सुरुदेखि नै कमजोर प्रदर्शन गरेको नामिबियाका कुनैपनि खेलाडी अस्ट्रेलियन बलर समक्ष टिक्न सकेनन्। नामिबियाका कप्तान जेराल्ड एरासमसले सर्वाधिक ३६ रन जोड्नु बाहेक अन्य कुनैपनि खेलाडीले २० रन पनि कटाउन सकेनन्। नामिबियालाई सस्तोमै समेट्न अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए।

यस्तै जोस ह्याजलउड, मार्कस स्टोइनिसले समान २÷२ लिाँदा नाथन इलिस र प्याट कमिन्सले समान १÷१ विकेट लिए।

आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया आफ्नो सुपर ८ मा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ भने नामिबिया पनि दोस्रा जितको खोजीमा रहने छ।

हालसम्म २ खेल खेलेको अस्ट्रेलियाले दुबै खेलमा जित निकालेर समूहको दोस्रो स्थानमा छ भने नामिबियाले २ खेल मध्ये १ मा मात्रै जित निकालेको छ।

प्रकाशित: ३० जेष्ठ २०८१ ०७:५१ बुधबार

#T20 World Cup #namibia #australia