आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभाव पारेको छ ।
समूह डीमा नेपाल र श्रीलंकाबीच स्थानीय समय अनुसार मंगलबार राति ७:३० बजे (नेपाली समय अनुसार बुधबार बिहान ५:१५ बजे० बीच सुरु हुने खेल तालिका भए पनि वर्षाका कारण मैदानमा पानी धेरै जमेकाले अहिले सम्म टस हुन सकेको छैन ।
नेपाल र श्रीलंका दुबै अंक विहिन छन् ।
पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग पराजित थियो। यस अघि खेलेको दुवै खेलमा श्रीलंका पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हारेको थियो ।
नेपाल र श्रीलंकाको खेल हेर्नका लागि अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समर्थक रेनकोट ओडेर भएर पनि खेल हुने प्रतिक्षामा रंगशालामा बसीरहेका छन ।
प्रकाशित: ३० जेष्ठ २०८१ ०५:२२ बुधबार