खेल

बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिका ४ रनले विजयी

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल जित्न ११४ रनको लक्ष पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो । जवाफमा बंगलादेशले २०  ओभरमा  ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो खेल ४ रनको झिनो अन्तरबाट हार्न पुग्यो ।

यो जितसंगै दक्षिण अफ्रिकाले जारी खेलमा लगातार तीन खेल जितेको छ।  

दक्षिण अफ्रिकाको लागि सबैभन्दा वढि हेनरिक क्लासेनले ४६ रन बनाए । त्यसैगरी डेभिड मिलरले २९ तथा क्विन्टन डे ककले १८ रन बाहेका बाँकी कसैले दोहोरो अंकमा रन बनाउन सकेनन।  

बंगलादेशका लागि तन्जिम हसन साकिब ३ ,तस्किन अहमद २ तथारिशाद हुसेन १ विकेट लिए ।  

बंगलादेशका लागि सबै भन्दा वढि तौहिद हृदयले ३८ रन बनाए । महमुदुल्लाहले १६ तथा कप्तान नजमुल हुसेन शान्तोले १४ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ तथा कागिसो रवडा र एनरीज नोर्जेले  दुई दुई विकेट लिए । 

प्रकाशित: २८ जेष्ठ २०८१ २३:५० सोमबार