खेल

बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले ११३ रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले ११३ रन बनाएको छ।  

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको यो खेलमा दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको हो ।

दक्षिण अफ्रिकाको लागि सबैभन्दा वढि हेनरिक क्लासेनले ४६ रन बनाए । त्यसैगरी डेभिड मिलरले २९ तथा क्विन्टन डे ककले १८ रन बाहेक बाँकी कसैले दोहोरो अंकमा रन बनाउन सकेनन ।  

बंगलादेशका लागि तन्जिम हसन साकिबले ३ , तस्किन अहमदले २ तथा रिशाद हुसेनले १ विकेट लिए।

नेपाल रहेको समूह डीमा भएको दक्षिण अफ्रिकाले यस अघि दुई खेलमा लगातार जित निकाएको छ। बंगलादेशको यो दोश्रो खेल हो।

बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो ।समूह डीमा दक्षिण अफ्रिका पहिलो तथा बंगलादेश दोश्रो स्थानमा रहेको छ। नेपाललाई हराएको नेदरल्याड्स रन रेटका आधारमा तेश्रो स्थानमा रहेको छ। नेपाल र श्रीलंकाले कुनै अंक पाएका छैनन्। श्रीलंकाले खेलका दुवै खेल हारेको छ।

प्रकाशित: २८ जेष्ठ २०८१ २२:५७ सोमबार

#t_20worldcup