खेल

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। ग्रिनल्यान्ड बोइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन भए।

धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९–१८ ले पराजित गर्‍यो। गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५–८ ले हरायो। दुवै समूहका विजेताले १५ हजार तथा उपविजेताले  १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।

बोइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ तथा गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

विजेतालाई हेराल्डका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, सिफ्ट तथा इसिए इन्चार्ज मदनप्रसाद फुयाल, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक कोओर्डिनेटर दीपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत गरे।

नगद पुरस्कारसहित सहभागी सबै खेलाडीलाई हेराल्डमा प्लस टु अध्ययन गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ।  

प्रकाशित: २८ जेष्ठ २०८१ १०:१० सोमबार

Title to Greenland and Valley Public