खेल

आइसिसी टी–२० विश्वकपः पाकिस्तानविरुद्ध भारतले ११९ रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तानविरुद्ध भारतले ११९ रन बनाएको छ।  

टस हारेर पहिला व्याटि ङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको हो ।  

भारतका लागि सबैभन्दा बढि ऋषभ पन्त ३१ बलमा ६ चौक्का सहित  ४२ रन बनाए ।  

त्यसैगरी कप्तान रोहित शर्माले १२ बलमा १ चौक्का र १ छक्कासंगै १३ रन बनाए। त्यसैगरी अक्षर पटेलले१८ बलमा २ चौक्का र १ छक्कासंगै २० रन बनाए । विराट कोहली ४,शिवम दुबे ३ तथा सुर्यकुमार यादव र हार्दिक पाण्डेय ७ रन बनाएर आउट भए । रविन्द्र जडेजा र जसप्रित बुमराह ० रनमा आउट भए ।  

पाकिस्तानका लागि नसिम शाहले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । हरिस रउफले महत्वपूर्ण ३ विकेट लिए। त्यसैगरी मोहम्मद अमिरले ४ ओभरमा २३ रन खर्चेर  २  विकेट लिए । शाहिन अफ्रिदीले  एक विकेट लिए ।  

भारत र पाकिस्तान  टी–२० विश्वकपमा अहिले सम्म  ७ पटक आमने सामने भएका  छन । ५ पटक भारतले खेल जित्दा पाकिस्तानले १ पटक मात्र जितेको छ । एक चोटी खेल बराबरीमा सकिएको छ ।  जारी प्रतियोगितामा दुवैको यो दोश्रो खेल हो । भारतले पहिलो खेलमा आयरल्यान्डलाई हराएको थियो भने पाकिस्तान पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो ।

प्रकाशित: २७ जेष्ठ २०८१ २३:२७ आइतबार

#t_20worldcup