खेल

पाकिस्तानमाथि सुपर ८ मा पुग्न नसक्ने खतरा, यस्तो छ समीकरण ?

आईसीसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज क्रिकेट इतिहासकै सबैभन्दा चर्चित टीमबीच प्रतिस्पर्धा हुँदैछ।

समूह ‘ए’ अन्तर्गत हुने आजको खेलमा भारत र पाकिस्तान आमने–सामने हुँदैछन्। न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजे सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान बीचको आजको खेललाई लिएर दुबै देशका समर्थक निकै उत्साहित छन्।

जारी प्रतियोगितामा भारतले एक खेल खेल्दा जित हात पारेको छ भने पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ। आजको खेलमा दुबै टोलीले एक अर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रने छन्।

यस्तोमा पाकिस्तानको सुपर ८ मा पुग्ने सम्भावना कस्तो रहन्छ त्यो सबैको चासो विषय बनेको छ। वर्तमान परिस्थितिमा समूह ‘ए’ को शीर्ष स्थानमा अमेरिका रहेको छ। हालसम्म २ खेल खेलेको अमेरिकाले दुबैमा सानदार जित हासिल गरेको छ भने भारत अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ। भारतले १ खेल खेलेको र त्यसमा जित निकालेको छ। जबकी पाकिस्तानले आफ्नो पहिलो खेल गुमाएको छ भने आयरल्यान्ड आफ्नो दुबै खेलमा पराजित बनेको छ। जबकी क्यानडाले २ खेलमा १ मा जित हात पारेको छ र अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

अङ्क तालिकाको आधारमा हेर्ने हो भने अमेरिकालाई अबको आफ्नो दुई खेल भारत र आयरल्यान्डसँग खेल्नु छ। यस अवस्थामा अमेरिका भारतसँग पराजित भएमा र आयरल्यान्डसँग जितेमा मात्रै पनि पाकिस्तानको सुपर ८ मा जाने सम्भावना सकिन्छ। र, अमेरिका ऐतिहासिक प्रदर्शन गर्दै सुपर ८ मा पुग्ने छ।

अर्को स्थिति भनेको यदि भारत पाकिस्तानलाई आजको खेलमा पराजित गर्छ भनेपनि पाकिस्तान सुपर ८ मा जान सक्दैन। तर, त्यसका लागि भारतलाई आफ्नो अघिल्लो खेल जित्नै पर्ने हुन्छ। यदि पाकिस्तानले म्याच जित्यो भने पनि उसको सुपर ८ मा जाने सम्भावना न्यून रहने छ।

यदि पाकिस्तान भारतलाई आजको खेलमा पराजित गर्छ भने कस्तो अवस्था रहन्छ त्यो जानौं,

भारतले आफ्नो अघिल्लो खेलमा जित निकाल्दै ६ अङ्क जोड्ने छ भने अमरिकाले आफ्नो एक खेलमा जित निकाल्यो भने पनि उसको ६ अङ्क रहने छ। यस अवस्थामा पाकिस्तान, भारत र अमेरिका समान ६/६ अङ्कका साथ समूह चरणको खेल सकाउनेछन्। त्यसपछि नेट रन रेटको आधारमा नतिजा निकालिने छ।

अहिलेको अवस्थामा पाकिस्तानको नेट रन रेट अमेरिका र भारत दुबैकोभन्दा खराब रहेको छ। यस्तो अवस्थामा पाकिस्तान आफ्नो सबै खेलमा जित निकाल्ने कोशिस गर्नेछ र आफ्नो रन रेट सुधार्ने प्रयास पनि गर्नेछ।

यदि पाकिस्तान भारतसँग पराजित हुन्छ भने अघिल्लो चरणको खेलका लागि अमेरिकाको पराजयको कामना गर्न सक्छ। क्यानडासँग सुपर ८ मा पुग्ने राम्रो मौका छ। तर, हालको अवस्थामा उसको नेट रन रेट खराब छ। त्यसकारण क्यानडालाई आफ्नो आगामी सबै खेल राम्रो रन रेटका साथ जित्नु पर्ने हुन्छ। सुपर ८ मा समूहका विजेता र उपविजेताले स्थान पाउने छन्।

प्रकाशित: २७ जेष्ठ २०८१ १४:०२ आइतबार

#Pakistan #india #bharat #t_20worldcup