खेल

आइसिसी टी–२०: दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सले १०३ रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सले १०३ रन बनाएको छ।

अमेरिकाको न्युयोर्कमा जारी यो खेलमा दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले  टस जितेर नेदरल्याण्ड्सलाई पहिले व्याटि ङ गर्ने निम्तो दिएको हो।  

नेदरल्याण्ड्सले पहिले व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको हो ।  

नेदरल्याण्ड्सका लागि सबैभन्दा वढि साइब्रान्ड एन्जेलब्रेचले  ४० रन बनाए । त्यसैगरी लोगान भान बेकले २३ ,विक्रमजीत सिंहले १२ तथा स्कट एडवर्ड्स १० रन बनाए।

नेदरल्याण्ड्सलाई १०३ रनमा सीमित राख्न दक्षिण अफ्रिका  ओटनिल बार्टम्यान एक्लैले ४ ओभरमा जम्मा ११ रन खर्चेर ४ विकेट लिए।त्यसैगरी मार्को जानसेन र एनरिच नोर्टजेले दुई दुई विकेट लिए ।  

दुवैको यो दोस्रो खेल हो। दक्षिण अफ्रिकाले पहिलो खेलमा पूर्व च्याम्पियन श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्ड्सले  पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो। आजको खेलमा दुवै टोली खेल जितेर दोस्रो चरणको ढोका सहज बनाउन चाहन्छन्।

दक्षिण अफ्रिका:  क्विन्टन डी कक, रीजा हेन्ड्रिक्स, एडेन मार्कराम , ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जानसेन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्टजे, ओटनिल बार्टम्यान।

नेदरल्यान्ड्सः  माइकल लेभिट, म्याक्स ओुडाउड, विक्रमजीत सिंह, साइब्रान्ड एन्जेलब्रेच, स्कट एडवर्ड्स , बास डे लीडे, तेजा निदामानुरु, लोगान भान बेक, टिम प्रिन्गल, पल भान मिकरेन, भिभियन किङ्मा।

प्रकाशित: २६ जेष्ठ २०८१ २२:३९ शनिबार

#t_20worldcup