खेल

आइसिसी टी–२० : नेदरल्याण्ड्स विरुद्ध दक्षिण अफ्रिका फिल्डिङ गर्दै

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र नेदरल्याण्ड्सबिच खेल भइरहेको छ। अमेरिकाको न्युयोर्कमा जारी यो खेलमा दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले  टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

दुवैको यो दोस्रो खेल हो। दक्षिण अफ्रिकाले पहिलो खेलमा पूर्व च्याम्पियन श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्ड्सले  पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो। आजको खेलमा दुवै टोली खेल जितेर दोस्रो चरणको ढोका सहज बनाउन चाहन्छन्।

दक्षिण अफ्रिका:  क्विन्टन डी कक (विकेटकीपर), रीजा हेन्ड्रिक्स, एडेन मार्कराम , ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जानसेन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्टजे, ओटनिल बार्टम्यान।

नेदरल्यान्ड्सः  माइकल लेभिट, म्याक्स ओुडाउड, विक्रमजीत सिंह, साइब्रान्ड एन्जेलब्रेच, स्कट एडवर्ड्स , बास डे लीडे, तेजा निदामानुरु, लोगान भान बेक, टिम प्रिन्गल, पल भान मिकरेन, भिभियन किङ्मा।

प्रकाशित: २६ जेष्ठ २०८१ २०:२७ शनिबार

#t_20worldcup