खेल

आईसिसी टी–२० विश्वकपः आयरल्यान्डविरुद्ध क्यानडाले १३७ रन बनायो

आईसिसी टी–२० विश्वकप अन्र्तगत आयरल्यान्डविरुद्ध  क्यानडाले १३७ रन बनाएको  छ।अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा जारी यी दुईबिचको खेलमा टस हारेर पहिला व्याटिङ गरेको क्यानडाले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको हो।

क्यानडाका लागि सबैभन्दा वढि निकोलस किर्टन ४९ रन बनाए । त्यसैगरी श्रेयस मोव्वा ३७ , परगट सिंहले १८ तथा  आरोन जोन्सनले १४ रनको योगदान दिए।आयरल्यान्डका लागि ब्यारी म्याकार्थी र क्रेग यंगले दुई दुई विकेट लिए । मार्क एडेयर र ग्यारेथ डेलानी एक एक विकेट लिए ।   

हालसम्म दुबै टोलीले समान १/१ खेल खेलेको र दुबै टोली पराजित भएको छ।

क्यानडा आफ्नो पहिलो खेलमा अमेरिकासँग ७ विकेटले पराजित भएको थियो भने आयरल्यान्ड आफ्नो पहिलो खेलमा भारतसँग ८ विकेटले पराजित भएको थियो।दुबै टोलीलाई प्रतियोगितामा अघि बढ्न आजको खेल जित्नै पर्ने दबाब रहने छ।

क्यानडा: आरोन जोन्सन, नवनीत धालीवाल, परगट सिंह, निकोलस किर्टन, श्रेयस मोव्वा , दिलप्रीत बाजवा, साद बिन जफर (कप्तान), जुनैद सिद्दिकी, डिलोन हेलिगर, कलीम साना, जेरेमी गोर्डन

आयरल्याण्ड:  पल स्टर्लिङ (कप्तान), एन्ड्रयू बालबर्नी, लोर्कन टकर , ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, ग्यारेथ डेलानी, मार्क एडेयर, ब्यारी म्याकार्थी, जोस लिटल, क्रेग यंग

प्रकाशित: २५ जेष्ठ २०८१ २२:१६ शुक्रबार

#t_20worldcup