खेल

रेलिगेसनबाट जोगियो महावीर

महावीर क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको रेलिगेसनबाट जोगिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेसमा बिहीबार सम्पन्न खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ ले पराजित गरेसँगै महावीर एक खेलअगावै रेलिगेसनबाट उम्किएको हो।

जितसँगै १२ खेलबाट १३ अंक जोडेको महावीर ११ औं स्थानमा उक्लिएको छ। रेलिगेसन जोनमा रहेका रानीवन स्पोर्ट्स क्लबको आठ र गोलबजार स्पोर्ट्स क्लबको सात अंक छ । उनीहरूले लिगमा १२ खेल खेलिसकेका छन्। पराजित झम्सिखेल भने समान खेलबाट १६ अंक जोड्दै सातौं स्थानमा छ।

महावीरको जितमा नीरबहादुर थापा, अनिश शर्मा र दीपकबहादुर श्रेष्ठले समान एक गोल गरे। झम्सिखेलका ओम धामीले एक गोल फर्काए। १४ औं मिनेटमै गोल गर्दै नीरले महावीरलाई सुरुआती अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा अनिशले उक्त अग्रता दोब्बर बनाए। त्यसको ६ मिनेटपछि नै दीपकले गोल गर्दै महावीरलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाइसकेका थिए।

८६ औं मिनेटमा ओमले गोल गरे पनि झम्सिखेललाई हारबाट बचाउन सकेनन्। अर्को खेलमा सामाजिक युथ क्लबले स्पोर्ट्स एकेडेमी साँगालाई १–० ले पराजित ग¥यो । सामाजिकका विजय दोङले खेल सुरु हुनेबित्तिकै गरेको गोल निर्णायक बन्यो। जितसँगै एक खेल खेल्न बाँकी सामाजिक १९ अंक जोड्दै चौथो स्थानमा पुगेको छ। १०‍ औं स्थानमा रहेको साँगाको १२ खेलबाट १५ अंक छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:४९ शुक्रबार

#seven times #Mahavir Club Sahid Smarak ‘C’ Division League # Enfa Comples