खेल

पाकिस्तानले अमेरिकालाई दियो १६० रनको लक्ष

आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान र अमेरिकाबीचको जारी खेलमा पाकिस्तानले अमेरिकालाई खेल जित्न १६० रनको लक्ष दिएको छ।  

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर मात्र १५९ रन बनायो।

पाकिस्तानका लागि कप्तान बाबर आज़मले सर्वाधिक ४४ रन बनाए। उनले ४३ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा टिमका लागि सो संख्या जोडेर आउट भए।

बाबरसँगै ओपनरका रुपमा मैदान उत्रेका मोहम्मद रिजवान ६ बलमा मात्र ९ रन बनाएर आउट भए।

यसैगरी पाकिस्तानका लागि इफ़्तिख़ार अहमदले १८, शाहीन शाह अफ़रीदीले २३ र फ़ख़र ज़मानले ११ रन जोडे। बाँकी अन्य ब्याटरले दोहोरो अंको रन जोड्न सकेनन्।

अमेरिकाका लागि नॉस्थुश केनजिगेले ३, सौरभ नेत्रवलकरले २, अली ख़ान र जसदीप सिंहले समान एक-एक विकेट लिए।

प्रकाशित: २४ जेष्ठ २०८१ २३:०० बिहीबार