खेल

फ्रेन्च ओपन : महिला एकलतर्फको सेमिफाइनल आज

ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको महिला एकलतर्फको सेमिफाइनल खेलहरु बिहीबार हुँदैछन् ।  

पहिलो सेमिफाइनलमा शीर्ष वरीयाताकी इगा स्वातेक र तेस्रो वरीयाताकी कोको गौफबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार साँझ सुरु हुनेछ । 

पोल्यान्डकी स्वातेक चेक रिपब्लिककी मार्केटा भोन्डोरोभालाई सोझो सेटमा र अमेरिकाकी गौफ ट्युनिसियाकी ओन्स जाबेउरलाई २-१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।  

बिहीबार नै हुने अर्को सेमिफाइनलमा १२औं वरीयाताकी जस्मिन पाओलिनी र बिना वरीयाताकी मिर्रा एन्ड्रिभाबीच खेल हुनेछ । १७ वर्षे रसियन एन्ड्रीभा दोस्रो वरीयाताकी एरिना सबलेन्कामाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा पुगेकी हुन् । 

मिर्रा पहिलो पटक कुनै पनि ग्रान्डस्लामको सेमिफाइनलमा पुगेकी हुन् । इटलीकी पाओलिनीले भने काजकिस्तानकी एलिना रिबाकिनालाई २-१ को सेटमा पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गरेकी हुन् । उनको पनि यो ग्रान्डस्लाममा पहिलो सेमिफाइनल हो । दोस्रो सेमिफाइनलमा भने राति हुनेछ ।  

पुरुष एकलतर्फको सेमिफाइनलमा भने इटलीका जानिक सिनर (Jannik Sinner) र  स्पेनका कार्लोस अल्काराज (Carlos Alcaraz) तथा जर्मनीका अलेक्जेन्डर भेरेभ (Alexander Zverev) र नर्वेका कास्पर रुड (Casper Ruud) बीच खेल हुनेछ ।

प्रकाशित: २४ जेष्ठ २०८१ १७:४५ बिहीबार

#Roland_Garros #French_Open #Iga_Swiatek #Coco_Gauff #Jasmine_Paolini # Mirra_Andreeva #Casper_Ruud #Alexander_Zverev #Carlos_Alcaraz #Jannik_Sinner