खेल

आइसिसी टी २० विश्वकप क्रिकेट : युगान्डाको ऐतिहासिक जित

अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टी २० विश्वकप क्रिकेटमा युगान्डाले ऐतिहासिक जित हासिल गरेको छ। 

बुधवार राती भएको खेलमा पहिलो पटक टी २० विश्वकप क्रिकेटमा सहभागी भएको युगान्डाले पपुवा न्युगिनी पीएनजीलाई ३ विकेटबाट हराउँदै ऐतिहासिक जित हासिल गर्न सफल भएको हाे।

जारी विश्वकपमा दुवै टोलीले यस अघि खेलेका पहिलो खेलमा हार व्यहोरेका थिए ।   

२०२१ मा टी–२० विश्वकपमा पहिलो पटक सहभागिता जनाएको  पपुवा न्युगिनीले यस अघि विश्वकपमा कुनै खेल जित्न सकेको थिएन। त्यस कारण यी दुई बिचको खेल दुवैको लागि पहिलो जित निकाल्ने अवसर थियो । 

युगान्डा विरुद्ध पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारीत ओभरमा जम्मा ७७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफमा अफ्रिकी टोली युगान्डाले  १० बल बाँकी छँदै ७ खेलाडीको नोक्सानीमा विजयी लक्ष्य पुरा गर्दै ऐतिहासिक विजयी हासिल गर्न सफल भयो।

 यस अघि आफ्नो पहिलो खेलमा युगान्डा अफगानिस्तान १२५ रनको विशाल अन्तरबाट पराजित भएको थियो ।  पपुवा न्युगिनीलाई वेष्टइण्डिजले ५ विकेटबाट हराएको थियो । समूह सी मा चार टोलीले एक र एक  भन्दा वढि खेल खेलिसक्दा न्युजिल्याण्डले अहिले सम्म कुनै खेल खेलेको छैन । न्युजिल्याण्डले शनिबार विहान अफगानिस्तानसंग खेलेर नवौँ संस्करणको आइसिसी टी २० विश्वकपको सुरुवात गर्नेछ। 

प्रकाशित: २४ जेष्ठ २०८१ १७:०१ बिहीबार

#t_20worldcup