खेल

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात, ओमान ३९ पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ।

केनिङ्स्टोन ओभलमा समूह ‘बी’ अन्तर्गत भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै पहिलो जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएको छ। १६५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो।

अस्ट्रेलियाका लागि जितका लागि मार्कस स्टोइनिसले नट आउट रहँदै सर्वाधिक ६६ रनको पारी खेले भने ओपनर ब्याट्सम्यान डेभिड वार्नरले ५६ रनको योगदान गरे।

ट्रेविस हेड १२, मिचेल मार्स १४, टीम डेभिडले १० रन जोड्दा ग्लेन म्याक्सवेल भने शून्यमै पभेलियन फर्के।

ओमानका लागि मेहरान खानले सर्वाधिक २ विकेट लिँदा बिलाल खान र कलिमुल्लाहले समान १/१ विकेट हात पारे।

ओमानको भनो यो लगातार दोस्रो हार हो। यसअघि नामिबियाविरुद्धको खेलमा ओमान सुपर ओभरमा पराजित भएको थियो।

प्रकाशित: २४ जेष्ठ २०८१ १०:०५ बिहीबार

#t_20worldcup #australia #oman