खेल

युगान्डाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै अफगानिस्तान

आईसीसी विश्वकप टी–२० अन्तर्गत आज अफगानिस्तान र युगान्डाबीच खेल हुँदैछ। अबको केहीबेरमा सुरु हुने खेलमा युगान्डाले टस जितेर पहिला फिल्डिङ्ग रोजेको छ।

गुएनास्थित प्रोभिडेन्स स्टेडियममा हुने खेलमा युगान्डाले टस जितेर अफगानिस्तानलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रतियोगिता अन्तर्गत आजै इङग्ल्यान्ड र स्कटल्यान्ड अनि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

यसअघि सोमवार भएको खेलमा दक्षिण अफ्रिका र नामिबियाले विजयी सुरुआत गरेका छन्।

प्रकाशित: २२ जेष्ठ २०८१ ०६:०७ मंगलबार