खेल

राजर्षि जनक कपः सर्लाही ११ र भुटानको ड्रग स्टार क्लब भिड्दै

सर्लाही – सर्लाहीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सर्लाही ११ र भुटानको क्लव ड्रग स्टारबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ बजे पछि बागमती स्टेडीयमको खेल मैदानमा सुरु हुँनेछ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपाल एपिएफ क्लबलाई भारतीय क्लब स्काई क्रेष्ट ब्वाईज मुम्बईले सडन डेथमा ५–४ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

प्रतियोगितामा १० टोली त्रिभुवन आर्मी, नेपाल पुलिस,सशस्त्र प्रहरी,ब्वाइज युनियन, सुदूरपश्चिम ११,जावलाखेल, सरस्वती,सर्लाही ११, भुटान ड्रग स्टार र स्काई क्रेष्ट ब्वाईज मुम्बईको सहभागिता रहेको छ।

चैत्र १७ सम्म चल्ने प्रतियोगिताकोे विजेताले ५ लाख राजर्षि रनिङ कप शिल्ड, तथा दोस्रो हुनेले नगद ३ लाख प्राप्त गर्नेछ। त्यस्तै बिभिन्न बिधामा उत्कृष्ठ खेलाडीहरुलाई १५ हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिने आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

प्रकाशित: ९ चैत्र २०७४ ०५:५२ शुक्रबार