खेल

भ्याली पब्लिक, सेब र गोल्डेनपिकलाई उपाधि

उपाधि विजेता गोल्डेन पिक

भ्याली पब्लिक, सेब र गोल्डेनपिकले सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्।

वसुन्धराको नमुना टोलस्थित आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा भएको थ्री बाइ थ्रीको सिनियर ब्वाइजमा गोल्डेनपिक तथा गल्र्समा भ्याली पब्लिक च्याम्पियन भएका हुन्। 

सेब जुनियर ब्वाइज उपाधि (फुल कोर्ट) जित्न सफल भयो। सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले टिआइएलाई १९-१८ ले पराजित ग¥यो। सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १३-१० ले हरायो।

जुनियर ब्वाइजको फाइनलमा सेबले एन्जल्स हार्टमाथि २३-२२ को कठिन जित दर्ता गर्‍यो। सेबका जीवन खत्रीले ९ अंक जोडे। सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गल्र्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा जीवन खत्री ‘मोस्ट भ्यलुएबल प्लेयर’ घोषित भए। 

सिनियर ब्वाइजमा सारथि पाठशाला, सिनियर गल्र्समा नेचर बोर्डिङ स्कुल र जुनियर ब्वाइजमा न्युटन हाइ स्कुल अनुशासित टिम बने। 

प्रकाशित: २ जेष्ठ २०८१ ०९:१२ बुधबार

7th BNA Cup Interscholastic Basketball Tournament Valley Public Seb and Goldenpeak won the title