खेल

एनएसडब्लु खुला तेक्वान्दोमा निमालाई स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) मा दुई रजत विजेता तेक्वान्दोकी निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्।

अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लुको आयोजनामा सिड्नीमा सम्पन्न च्याम्पियनसिपमा निमाले महिला ७३ केजीमुनि स्वर्ण जितेकी हुन्। निमाले १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा लगातार दुई रजत पदक जितेकी थिइन्। उनै निमाले सिड्नीमा भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई हराउँदै स्वर्ण जितिन्। निमाले सन् २०१६ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियाली ओलम्पिक छनोटमा पनि कांस्य पदक जितेकी थिइन्।

सिड्नीकै च्याम्पियनसिपमा नेपालकै भूपेन श्रेष्ठले पनि फाइटतर्पm रजत पदक जिते। पुरुष ८७ केजीमुनि उनी रजत जित्न सफल भएका हुन्। भूपेन फाइनलमा अस्ट्रेलियाका आइडेन स्टिलेसँग पराजित हुन पुगे। भूपेन १३औं सागका स्वर्ण विजेता पनि हुन्। 

प्रकाशित: १ जेष्ठ २०८१ ०८:२८ मंगलबार

#nima_gurung #tekwando #gold_medal