खेल

एचएचसिए सेमिफाइनलमा

एचएचसिए सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ थ्री बाइ थ्रीमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

सिनियर ब्वाइजमै भ्याली पब्लिक पनि सेमिफाइनलमा पुग्यो। आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) द्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको थ्री बाइ थ्रीमा सेमिफाइनल समीकरण पूरा भएको छ। 

सेमिफाइनल फेरिल्यान्ड र नेपाल मोडल तथा भ्याली पब्लिक र स्काइलार्कबीच हुनेछ। जुनियर ब्वाइजमा आयोजक बिएनए र एन्जल्स हार्टले सेमिफाइनल यात्रा तय गरे।

प्रकाशित: ३१ वैशाख २०८१ १०:४५ सोमबार

#Three by three towards senior boys #HHCA 7th BNA Cup