खेल

आयोजक बिएनए क्वार्टरफाइनलमा

आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सको थ्री बाइ थ्रीमा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सिनियर गर्ल्समै नेचर बोर्डिङ स्कुल, फेरिल्यान्ड, स्काइलार्क, भ्याली पब्लिक, नेपाल मोडेल, ग्रिनल्यान्ड र एन्जल्स हार्ट पनि क्वार्टरफाइनलमा पुगे।

क्वार्टरफाइनल बिएनए र नेपाल मोडल, नेचर र भ्याली पब्लिक, फेरिल्यान्ड र एन्जल्स हार्ट तथा स्काइलार्क र ग्रिनल्यान्डबीच हुनेछ।

जुनियर ब्वाइजमा समूह ‘ए’ बाट एन्जल्स हार्ट विजेता र गोल्डेनपिक उपविजेता हुँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे।

आयोजक बिएनएले समूह ‘बी’ को विजेता तथा हिमरश्मिले सोही समूहको उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाए।

समूह ‘डी’ बाट लालीगुराँस नेसनल एकेडेमी तथा ओडिसी इन्टरनेसनल एकेडेमी क्रमशः विजेता र उपविजेताका हैसियतले क्वार्टरफाइनल यात्रा तय गरे। समूह ‘सी’ बाट क्वार्टरफाइनल पुग्ने दुई टिमको टुंगो लाग्न बाँकी छ।

प्रकाशित: ३० वैशाख २०८१ ०८:४१ आइतबार

7th BNA Cup Inter-School Basketball Tournament Senior Girls Three by Three Quarter Finals