खेल

गायक्वाड र गिल फेरि आमनेसामने, कसले मार्ला बाजी?

इन्डियन पिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ।

साविक विजेता र उपविजेता समेत रहेका दुबै टिमबीच हुन लागेको आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नई जारी सिजनको प्ले अफमा पुग्ने प्रयाससहित आजको खेलमा जित निकाल्न चाहन्छ भने शुभमन गिलको कप्तानीमा रहेको गुजारत जारी सिजनमा कमजोर प्रदर्शन गर्दै आएको छ।

हालसम्म ११ खेल खेलेको चेन्नई अङ्क तालिकाको चौथों स्थानमा रहेको छ भने समान ११ खेल खेलेको गुजरात अङ्क तालिकाको पुछारमा रहेको छ।

आजको खेलमा चेन्नईका कप्तान गायक्वाड, मुस्ताफिजुर रहमान, शिवम दुबे र तुसार देशपाण्डेमाथि सबैको नजर रहने छ भने गुजरातका नूर मोहम्मद, राशिद खान, साई सुदर्शन र कप्तान गिलमाथि पनि सबैको नजर रहने छ।

यसअघि मार्च २६ मा भएको खेलमा गुजरातमाथि चेन्नईले ६३ रनको जित हात पारेको थियो।

प्रकाशित: २८ वैशाख २०८१ १२:४१ शुक्रबार

#ipl - indian premier league #chennaisuper_kings #gujrat_titans #reeturaj_gaykwad #shubhaman_gill