खेल

हेड र शर्माको धमाकेदार पारीले हैदरावादको ऐतिहासिक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले जारी सिजनमा ऐतिहासिक जित हासिल गरेको छ।

हैदरावादमा गयराति सम्पन्न खेलमा लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराउँदै हैदारावादले जारी सिजनमा ऐतिहासिक जित हात पारेको हो।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको लखनउले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६५ रन बनायो। १६६ रनको लक्ष्यसहित मैदान उत्रेको हैदारावादले जम्मा ९.४ ओभर खेल्दै विना कुनै विकेटको क्षतिमा जित हासिल गरयो।

हैदरावादका लागि ओपनर ब्याट्सम्यान ट्रेविस हेडले मात्रै १६ बलमा अर्धशतक पूरा गरे भने अभिषेक शर्माले १९ बलमा अर्धशतक पूरा गरे। नट आउट रहँदै हेडले ८९ र शर्माले ७५ रनको पारी खेले। जुन हैदरावादको जितका लागि पर्याप्त रह्यो।

जितसँगै हैदरावाद अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने पराजित लखनउ छैटौं स्थानमा झरेको छ।

प्रकाशित: २७ वैशाख २०८१ ०६:२९ बिहीबार

#ipl - indian premier league #Sunrisers_Hyderabad #LucknowSuper_Giants #travis_head