खेल

कोहली र डु प्लेसिसको तुफानी पारीले गुजरातमाथि बैङ्गलोरको जित

इन्डियन प्रिमियम लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ। 

गयराति सम्पन्न खेलमा साविक उपविजेता गुजरात टाइटन्सलाई ४ विकेटले हराउँदै बैङ्गलोरले सानदार जित हात पारेको हो। टस हारेर पहिला ब्याटिङ्ग गर्न‌‌‌ मैदान उत्रेको गुजरातले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४७ रन बनायो। 

१४८ रनको लक्ष्यसहित मैदान उत्रेको बैङ्गलोरले १३.४ ओभर खेल्दै ६ विकेटको क्षतिमा जित हात पार्‍यो।

बैङ्गलोरका लागि ओपनर ब्याट्सम्यान विराट कोहली र कप्तान फाफ डु प्लेसिसले सानदार पारी खेले। कप्तान डु प्लेसिसले सर्वाधिक ६४ रन बनाए भने कोहलीले ४२ रन जोडे। 

जितसँगै बैङ्गलोरले अङ्क तालिकामा ठूलो फड्को मार्दै ७ औं स्थान बनाएको छ भने पराजित गुजरात पुछारबाट दोस्रो स्थानमा झरेको छ।

प्रकाशित: २३ वैशाख २०८१ ०६:०८ आइतबार

इन्डियन प्रिमियम लिग आईपीएल रोयल च्यालेन्जर्स बैङ्गलोर प्ले अफ गुजरात टाइटन्स