खेल

वेस्ट इन्डिज 'ए' विरुद्ध नेपाललाई चौथो सफलता

फाइल तस्बिर

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा चौथो विकेट गुमाएको छ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले १३.३ ओभरमा चौथो विकेट गुमाएको हो । उसका क्याप्टेन रोस्टन चेज ३३ रनमा क्याच आउट भए । उनलाई अविनाश बोहोराले सन्दीप जोराको हातबाट क्याच आउट गराएका हुन् ।  

यसअघि जोन्सन चाल्र्स २४ तथा कादिम एलिएन र मार्क दयाल समान ११ रनमा आउट भएका थिए । उनीहरुलाई सागर ढकालले पवेलियनको बाटो देखाएका हुन् ।  

पाँच खेलका शृंखलामा क्यारेबियन टोली ३-१ ले अघि छ । 

प्रकाशित: २२ वैशाख २०८१ १३:३१ शनिबार

#nepali_cricket #west_indies #nepal_cricket