खेल

वायू प्रदूषणले चिन्तित वेस्ट इन्डिज 'ए' का खेलाडी, मास्क लगाएर खेल्दै

नेपालसँगको टी २० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजका केही खेलाडीहरु मास्क लगाएर प्रतिस्पर्धा गरिरहेका छन्।

काठमाडौँको वायू प्रदूषण उच्च भएपछि सम्भावित संक्रमणबाट बच्न उनीहरुले सावधानी अपनाएका हुन्। 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले २२८ रनको लक्ष्य पछ्याइरहँदा फिल्डिङमा रहेका भ्रमणकारी टोलीका विकेटकिपर एन्ड्री फ्लेचरसहित केही खेलाडीले मास्क लगाएका हुन्।

नेपाल भ्रमणमा रहेको क्यारेबियन टोलीका अधिकांश खेलाडीले दुई महिनापछि हुने टी २० विश्वकप क्रिकेट खेल्दैछन्। वेस्ट इन्डिज सहआयोजक रहेको उक्त विश्वकपको तयारीका लागि क्यारेबियन टोली नेपाल भ्रमणमा आएको हो। 

प्रकाशित: १९ वैशाख २०८१ १५:०७ बुधबार

वेस्ट इन्डिज 'ए' टी २० क्रिकेट शृंखला