खेल

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता, सागर लिए दुबै विकेट

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दोस्रो सफलता हासिल गरेको छ।

केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका सागर ढकालले लगातार २ विकेट लिएका हुन्।

उनले वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे र जोनसन चाल्र्सलाई आउट गरेका हुन्।

उनले जम्मा २ रन खर्चेर २ विकेट हात पारेका हुन्। जोनसन ११ र अथान्जे ६ रन बनाएर पभेलियन फर्केका छन्।

४ ओभरको खेल सकिँदा वेस्ट इन्डिज ‘ए’ २ विकेटको क्षतिमा २२ रन बनाएको छ।

प्रकाशित: १६ वैशाख २०८१ १२:३५ आइतबार

वेस्ट इन्डिज ‘ए’ दोस्रो सफलता