खेल

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली कप्तान रोहित पौडेलले अर्ध शतक प्रहार गरेका छन्।

कप्तान रोहितले २८ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५२ रन जोडेका हुन्।

कप्तान रोहितको इनिङको मद्दतले २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११ ओभरमा तीन विकेट गुमाएर ९४ रनको स्थितीबाट सङ्घर्ष गरिरहेको छ।

प्रकाशित: १५ वैशाख २०८१ १५:०८ शनिबार