खेल

नेपालको पहिलो विकेट पतन, अनिल आउट

वेस्ट इन्डिज ‘ए’ विरुद्ध २०५ रनको विजय लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ।

आज कुशल भुर्तेलसँग ओपनिङमा आएका अनिल साह ९ बलमा ५ रनमा आउट भएका छन्। तेस्रो ओभरको पहिलो बलमा उनलाई म्याथ्यु फोर्डले आउट गरेका छन्।

हाल ३.२ ओभरको खेल चलिरहँदा नेपाल १ विकेटको क्षतिमा २८ रन बनाएर खेलिरहेको छ। क्रजमा भुर्तेललाई साथ दिन कप्तान रोहित पौडेल आएका छन्।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरकाे खेलमा पाँच विकेट गुमाउँदै २०४ रन बनाएकाे थियाे।

प्रकाशित: १५ वैशाख २०८१ १४:२८ शनिबार