खेल

राष्ट्रिय फोटो पत्रकारिता दिवस: मैत्रीपूर्ण खेलमा बंगलादेशी टोली विजयी

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा बिहीबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशले एनएफपिजे नेपाललाई ५–३ गोल अन्तरले पराजित गरेको हो।

खेलमा बङ्गलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे। नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए। मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको हो।

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए।

नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए। सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको थियो।

प्रकाशित: १३ वैशाख २०८१ १४:४९ बिहीबार