खेल

तेक्वान्दो टोली आज जापान जाँदै

१३औं सागका स्वर्ण विजेता वीरबहादुर महरासहित नेपालका सात खेलाडी आज जापान जाँदैछन्। जापानमा हुने २०औं ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न टोली त्यसतर्फ जान लागेको हो।

भोलिदेखि २८ तारिखसम्म जापानको ओसाका सहरमा च्याम्पियनसिप आयोजन हुनेछ। सोही च्याम्पियनसिपका लागि सात खेलाडीसहित १५ सदस्यीय नेपाली टोली आज  त्यसतर्फ प्रस्थान गर्दै छ।

जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ। अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले सो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्दै छन्। उनी पनि टोलीसँगै जापान जाँदै छन्। प्रतियोगितामा साग स्वर्ण पदक विजेता वीरबहादुरले ७४ केजीमुनि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १३ वैशाख २०८१ ०८:०५ बिहीबार

१३औं सागका स्वर्ण विजेता वीरबहादुर महरा नेपाल सात खेलाडी २०औं ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप