खेल

नेपालसँग ५ टी–२० का लागि वेस्ट इन्डिज टोली काठमाडौँ आइपुग्यो

नेपालसँग ५ टी–२० खेलका लागि वेस्ट इन्डिजको टोली काठमाडौँ आइपुगेको छ। वैशाख १५ बाट सुरु हुने खेलका लागि रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय इन्डिज टिम आज काठमाडौँ आइपुगेको हो।

पहिलो पटक नेपाल भ्रमणमा आएको इन्डिज टोलीको यो भ्रमण ऐतिहासिक मानिएको छ।

वेस्ट इन्डिज र नेपालबीचको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ अर्थात् वैशाख १५ मा शनिवार हुनेछ भने दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ।

प्रकाशित: १२ वैशाख २०८१ ११:५१ बुधबार

नेपाल वेस्ट इन्डिज १५ सदस्यीय इन्डिज टिम रोस्टन चेज