खेल

आईपीएलमा आज २ खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुनेछ।

कोलकोत्ताको इडन गार्डेनमा हुने यी दुई टोलीबीचको खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ता जारी सिजनमा बलियो टोलीको रुपमा प्रस्तुत भइरहेको छ भने फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोर सबैभन्दा कमजोर टिम बनेको छ।

यस्तै आजै हुने अर्को खेलमा पञ्जाब किङ्ग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ। मुल्लानपुर स्टेडियममा हुने पञ्जाब र गुजरातबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

साविक विजेत समेत रहेको गुजरात शुभमन गिलको कप्तानीमा मैदान उत्रने छ भने पञ्जाब शिखर धवनको कप्तानीमा मैदान उत्रके छन्। तर, चोटका कारण पछिल्लो म्याच खेल्न नसकेको धवन आजको खेल पनि खेल्छन् वा खेल्दैनन् भन्ने अहिले अनिश्चित छ।

जारी सिजनमा दुबै टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन।

प्रकाशित: ९ वैशाख २०८१ ११:०१ आइतबार

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट रोयल च्यालेन्जर्स बैङ्गलोर कोलकोत्ता नाइट राइडर्स