खेल

यमनसँगको खेलका लागि राष्ट्रिय फुटबल टोलीकोे घोषणा

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले यमनविरुद्धको खेलका लागि २० सदस्यीय राष्ट्रिय फुटबल टाेलीको घोषणा गरेको छ।

यही चैत्र १३ गते मंगलबार कतारमा आयोजना हुने एएफसी एसियन कप छनोट चरणअन्तर्गत दोस्रो खेलमा नेपालले यमनकाे सामना गर्दैछ। काठमाडौंमा भएको पहिलो खेलमा नेपाल यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो।

फिलिपिन्स, यमन र ताजकिस्तानसहित समुह एफमा रहेको नेपाल १ अंकसहित तालिकाको पुछार रहदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

जापानीज प्रशिक्षक ग्यातुकी कोजी, राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धरको टोलीले खेलाडीको छनोट गरेका हुन।

२० सदस्यीय राष्ट्रिय फुटबल टोलीको नामावली
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथ र एलन न्यौपाने

डिफेन्डरः बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी र रजिन धिमाल

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, हेमन गुरुङ, हेमन्त थापा मगर र सुनिल वल

फरवार्डः बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की  र सुमन लामा

प्रकाशित: ६ चैत्र २०७४ ११:१७ मंगलबार