खेल

नेपाललाई दोस्रो झड्का, आशिफ ८ रनमा आउट

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपाललाई दोस्रो झड्का लागेको छ।

नेपालका आशिफ शेख ८ रन बनाएर आउट भएका छन्। उनलाई युएईका ओमिद साफी रहमानले एलबीडब्ल्यू आउट गरेका हुन्।

यस अघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको नेपालका कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए।

ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेर अघि सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित: ७ वैशाख २०८१ १२:१० शुक्रबार

आशिफ शेख